
काठमाडौँ । सोमबार बिहान ८ बजे बोलाइएको शिक्षा समिति बैठक अझै सुरु हुन सकेको छैन । शिक्षा मन्त्रालय र नेपाल शिक्षक महासङ्घबिच सहमति नजुटेपछि समिति बैठक अहिलेसम्म बस्न नसकेको हो।
समितिको आजको बैठकमा विधेयक पारित गर्ने तयारी थियो । तर, विधेयकमा सहमति जुट्न सकेको छैन । विधेयकमा शिक्षकहरूलाई आन्तरिक प्रतिस्पर्धा तथा खुलाबाट स्थायी गराउने विषयमा महासङ्घले आपत्ति जनाएको छ ।
महासङ्घले ७५/२५ हुनुपर्ने भनेको छ भने समितिले ६०/४० को प्रस्ताव पारित गरेको छ।
