Abiral Awaj

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८२ माघ १ गते

कालापोखरा नामको तीज गीत सार्वजनिक

नजिकिँदै गरेको नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको स्वर्णिम अवसरमा लोकप्रिय गायिका राधिका पन्त भण्डारी ज्यूको कालापोखरा नामको तीज गीत सार्वजनिक भएको छ। लोक तथा दोहोरी गायिका सीमा नेपालीको स्वरमा सजिएको उक्त गीत विष्णु भण्डारीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। जसमा विष्णु भण्डारीको संगीत तथा उहाँका गाउँका थेगोहरू राधिका पन्तको शब्द सीमा नेपालीको स्वर साथै महेन्द्र भण्डारीज्यूको संगीतको संयोजन रहेको छ।

मालाश्री स्टुडियोमा रेकर्डिङ गरिएको उक्त गीतमा भिडियो कोरियोग्राफी शेर साउद र दिनेश बिष्टद्वारा निर्देशन गरिएको छ। नेपाली हाम्रो मौलिक संस्कार संस्कृति रीतिरिवाज र परम्परालाई जगेर्ना र यसको संरक्षण गर्दै गुल्मी जिल्लाको धुरकोट नगरपालिका र यस क्षेत्र वरिपरिका विभिन्न कालापोखरा मन्दिरका साथ साथै आसपासका क्षेत्रहरूको सुन्दर कलात्मक प्रस्तुतिको चित्रण पाउन सकिन्छ ।

नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरसँगै तयार पारेको यो गीतले गुल्मी जिल्लाभित्र रहेको धुर्कोट नगरपालिका स्थित प्रसिद्ध पर्यटकीय पोखरी कालापोखराको यसको महिमा र ख्यातिलाई चित्रण गरेको छ। हाम्रा कला गला र मौलिक संस्कृतिलाई आत्मसात गर्दै तयार गरिएको तीज गीतले हाम्रो गुल्मी जिल्लाभित्रका विभिन्न वस्तुगत चित्रणहरू यथार्थ रूपले प्रस्तुत गरेको पाइन्छ । गीतको आत्मा विशेषगरी गुल्मी जिल्लाभित्र रहेको कालापोखरा र गाउँको मायामा बाँधिएको छ। कहाँ हो र पुतली चट्ट परी हिँडेको कालापोखरा तीजको मेलैमा भन्ने मूल लाइन बोकेको गीतमा गाउँकै हावापानी संस्कृति र हाम्रो मौलिक पहिचान बोकेको छ ।

उक्त गीतबाट हाम्रै गाउँघर पाखा पखेरा चौतारी भञ्जङ मेलापात दुःखसुख जस्ता विषयवस्तुहरूलाई प्रष्ट रुपमा वस्तुगत यथार्थ तरिकाबाट चित्रण गरिएको पाइन्छ। लोकप्रिय गायिका राधिका पन्त भण्डारी ज्यूद्वारा रचना गरिएको उक्त तीज गीतमा आफ्नो जन्मभूमिप्रतिको समर्पण माया ममता र सद्भावको सजीव चित्रण भएको पाउन सकिन्छ।

जननी जन्मभूमिश्च स्वर्गदपी गरियसी भन्ने भनाई र मूल मर्मलाई आत्मसात गर्दै रचना गरिएको उक्त तीज गीतबाट हामीले आफ्नो जन्मभूमिप्रतिको माया र सद्भाव सदैव आफ्नो मन र मुटुमा रहेको हुन्छ भन्ने विषयवस्तुलाई यस गीतले चरितार्थ पारेको पाउन सकिन्छ । उहाँले सम्पूर्ण सम्मानित दर्शक तथा श्रोतागणज्यूहरूलाई आफ्नो तीजको कोसेलीलाई हेरेर तथा सुनेर साथ दिनुहुनको लागि पनि सम्पूर्णमा हार्दिक अनुरोध गर्नुभएको छ।

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.