Abiral Awaj

२०८३ आश्विन ३० गते

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८३ आश्विन ३० गते

चीनमा नेपाली फाइटर युकी आङ्देम्बेको शानदार जित, लगातार तेस्रो विजय

नेपाली एमएमए फाइटर युकी ‘द गोर्खा’ आङ्देम्बेले चीनमा जारी जेसीके फाइट नाइट १२३ मा प्रभावशाली जित निकालेका छन्। उनले घरेलु फाइटर बुहुओगुबुलाई सर्वसम्मत निर्णय (Unanimous Decision) का आधारमा पराजित गरेका हुन्।
चीनको शान्सी प्रान्तस्थित लुलियाङमा आयोजित प्रतियोगिताको मेन कार्डअन्तर्गत १३५ पाउन्ड (ब्यान्टमवेट) तौल समूहमा प्रतिस्पर्धा गरेका युकीले तीनै राउन्डमा प्रभावशाली प्रदर्शन गरे। उनको प्रदर्शनका आधारमा तीनै निर्णायकले युकीकै पक्षमा निर्णय सुनाएका थिए।
यो जितसँगै युकीले आफ्नो व्यावसायिक एमएमए करियरमा लगातार तेस्रो जित हात पारेका छन्। पछिल्ला खेलहरूमा निरन्तर राम्रो प्रदर्शन गर्दै आएका युकीले यो जितसँगै अन्तर्राष्ट्रिय एमएमएमा आफ्नो दाबेदारी थप बलियो बनाएका छन्।
सोमा फाइट क्लबबाट प्रशिक्षण गर्दै आएका युकीलाई नेपाली एमएमए क्षेत्रमा यूएफसीतर्फ अघि बढ्न सक्ने फाइटरका रूपमा हेरिएको छ। उनी रोड टु यूएफसीमा प्रतिस्पर्धा गरिरहेका अर्का नेपाली फाइटर रवीन्द्र ढाँटसँगै प्रशिक्षण गर्दै आएका छन्।
चीनमा घरेलु फाइटरलाई पराजित गर्दै हासिल गरेको यो जितले नेपाली एमएमए खेलाडीको अन्तर्राष्ट्रिय यात्रामा अर्को महत्वपूर्ण उपलब्धि थपिएको छ।

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.