Abiral Awaj

२०८३ कार्तिक १ गते

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८३ कार्तिक १ गते

तीन खेल, तीन जित! नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

नेपाल एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार भएको समूह चरणको खेलमा साउदी अरेबियालाई ५ विकेटले पराजित गर्दै नेपालले एक खेल अगावै अन्तिम चारमा स्थान पक्का गरेको हो।
साउदी अरेबियाले दिएको १९१ रनको लक्ष्य नेपालले ४१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो। नेपालको जितमा गुल्शन झाले अविजित ४४ रन तथा कप्तान रोहित पौडेलले अविजित २४ रन बनाए। यी दुईको संयमित ब्याटिङले नेपाललाई सहज जित दिलायो।
त्यसअघि इशान पाण्डेले ४० रन, देव खनालले ३९ रन, आसिफ शेखले २० रन र अर्जुन कुमालले १५ रनको योगदान दिएका थिए। साउदीका इस्तियाख अहमद र मोहम्मद आतिफले समान २ विकेट तथा मोहम्मद हिशमले १ विकेट लिए।


यसअघि टस जितेर पहिले ब्याटिङ गरेको साउदी अरेबिया ४९.२ ओभरमा १९० रनमा अलआउट भएको थियो। साउदीका लागि अब्दुल वाहीदले सर्वाधिक ७७ रन बनाए भने मोहम्मद आतिफले ३० र मोहम्मद हिशम शेखले १८ रन जोडे।
बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दै १० ओभरमा १९ रन खर्चिएर ३ विकेट लिए। ललित राजवंशीले १० ओभरमा २६ रन दिएर २ विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले ३ र शेर मल्लले १ विकेट लिए।
यससँगै नेपालले प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गरेको छ। नेपालले यसअघि बहराइन र मलेसियालाई पराजित गरिसकेको थियो।

KLANG, MALAYSIA – SEP 06: Pictures from the match between Nepal and Saudi Arabia held at the Bayuemas Oval on September 06, 2026 in Klang, Selangor, Malaysia. (Photo by Peter Lim/PhotoDesk.com.my) for Asian Cricket Council

नेपालले अब समूह चरणको अन्तिम खेलमा मंगलबार हङकङसँग प्रतिस्पर्धा गर्नेछ। उक्त खेलपछि समूहको विजेताको टुंगो लाग्नेछ।
लगातार तीन जितसँगै सेमिफाइनलमा स्थान सुरक्षित गरेको नेपालका लागि हङकङविरुद्धको खेल समूह विजेता बन्ने महत्वपूर्ण अवसरका रूपमा रहनेछ।

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.