Abiral Awaj

२०८३ बैशाख ५ गते

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८३ बैशाख ५ गते

भोली त गईहाल्छु रेलैमा” सार्वजनिक — परदेशीको पीडा र घरदेशीको कथा बोकेको नयाँ लोकदोहोरी

नेपाली सांगीतिक बजारमा “भोली त गईहाल्छु रेलैमा” बोलको नयाँ लोकदोहोरी गीत सार्वजनिक गरिएको छ। बीपी भट्ट प्रस्तुत यस गीतले परदेशी जीवनको पीडा र घरदेशीको भावनात्मक कथा समेटेको छ।


वैदेशिक रोजगारीको सिलसिलामा विदेशमै रहेका सर्जक बीपी भट्टले परदेशबाटै सिर्जना गरेको यस गीतमा आफ्नो अनुभव, पीडा र वास्तविकता झल्काएका छन्। गीतका शब्द तथा संगीत स्वयं भट्टकै रहेको छ, जसले यसलाई अझ जीवन्त र यथार्थपरक बनाएको छ।


गीतमा कुशल बेलबासे र देवी घर्तीको स्वर रहेको छ भने कृष्ण केसीले संगीत संयोजन गरेका छन्। मिक्सिङ तथा मास्टरिङ कुमार रानाले गरेका छन् भने रेकर्डिस्ट सुमन राना रहेका छन्। गीत मारुनी डिजिटल स्टुडियोमा तयार गरिएको हो।
भिडियोमा सन्तोष शर्मा र जुना विश्वकर्माको अभिनय देख्न सकिन्छ, जसले परदेशी–घरदेशीको कथा प्रभावकारी रूपमा प्रस्तुत गरेका छन्। बुद्ध थापाले छायांकन, अमृत चापागाईंले सम्पादन तथा कलर गरेका छन् भने विशाल घिमिरेले निर्देशन गरेका हुन्।
बीपी भट्ट अफिसियलमार्फत सार्वजनिक गरिएको यो गीतले विशेषगरी वैदेशिक रोजगारीमा रहेका नेपाली र उनीहरूको परिवारको भावना बोल्ने अपेक्षा गरिएको छ।

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.