Abiral Awaj

२०८३ बैशाख ५ गते

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८३ बैशाख ५ गते

देशभर एसईई परीक्षा सुरु, पहिलो दिन अंग्रेजी विषय

कपिलवस्तु— माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि देशभर एकैपटक सुरु भएको छ। राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का अनुसार बिहान ८ बजेदेखि परीक्षा सञ्चालनमा आएको हो।
पहिलो दिन आज अनिवार्य अंग्रेजी विषयको परीक्षा भइरहेको छ। यो वर्षको एसईई परीक्षा चैत २९ गतेसम्म सञ्चालन हुने जनाइएको छ।
परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार यस वर्ष कुल ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले परीक्षा फाराम भरेका थिए। तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जना र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जना परीक्षार्थी सहभागी छन्।
यस वर्ष पनि परीक्षामा छात्राको संख्या छात्रभन्दा बढी देखिएको छ। परीक्षामा २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना सहभागी छन्।
यसैबीच, जापानस्थित एक परीक्षा केन्द्रबाट समेत २३ जना विद्यार्थीले एसईई परीक्षा दिइरहेका छन्।

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.