Abiral Awaj

२०८३ बैशाख ५ गते

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८३ बैशाख ५ गते

विद्यालयको वार्षिकोत्सव कार्यक्रममा विद्यालयका १३०० विद्यार्थीहरुले स्टेज चढ्दै

जिल्लाकै सर्वोत्कृष्ट शैक्षिक धरोहर यस हिलबर्ट इङ्गलिस बोर्डिङ स्कुल पिपराको १६ औं स्थापना दिवस फागुन ५ गते भव्य रूपमा मनाइदै


आई.एस.ओ. तथा आई.एस.ए. मान्यता प्राप्त कपिलवस्तुको बाणगंगा नगरपालिका–२, पिपरास्थित जिल्लाको क वर्गको विद्यालय यस हिलबर्ट इङ्गलिस बोर्डिङ्ग स्कुलले आफ्नो १६ औं स्थापना दिवस विशेष कार्यक्रमका साथ मनाउने भएको छ।

विद्यालयले फागुन ५ गते अभिभावक दिवसको अवसर पारेर स्थापना दिवस भव्य रूपमा आयोजना गर्ने तयारी गरेको विद्यालयका प्रबन्ध निर्देशक बुद्धिराम पौडेलले जानकारी दिनुभयो।
शैक्षिक गुणस्तर, अनुशासन, खेलकुद तथा अतिरिक्त क्रियाकलापमा अग्रणी स्थान कायम गर्दै आएको यस विद्यालयले सामाजिक उत्तरदायित्व अन्तर्गत उपचारका लागि आर्थिक सहयोग तथा विभिन्न सामाजिक कार्यहरू समेत प्रदान गर्दै आएको छ।
स्थापना दिवसको अवसरमा विद्यार्थीहरूले आफ्नो सिकाइ, सिर्जनशीलता र एकताको भावना झल्किने विविध सांस्कृतिक कार्यक्रम, नृत्य, गीत, नाटक तथा अन्य प्रतिभा प्रस्तुत गर्ने तयारी गरेका छन्।


विद्यालयले अभिभावक, विद्यार्थी तथा सम्मानित अतिथिहरूलाई कार्यक्रममा उपस्थित भई यस ऐतिहासिक क्षणलाई अविस्मरणीय बनाउन आग्रह गरेको छ। सबैको सहभागिताले विद्यालयको १६ वर्षे यात्रालाई अझ गौरवमय बनाउने अपेक्षा व्यक्त गरिएको विद्यालयका प्राचार्य श्री शिवकुमार पोख्रेल ज्यूले बताउनु भएको छ।

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.