Abiral Awaj

२०८३ बैशाख ५ गते

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८३ बैशाख ५ गते

शैक्षिक संस्थाहरू भाेलिदेखि नियमित सञ्चालन

कपिलवस्तु, २८ भदौ – काठमाडौं उपत्यकासहित देशभरका विभिन्न स्थानहरूमा Gen-Z समूहहरूद्वारा आयोजित आन्दोलनका कारण असामान्य परिस्थिति सिर्जना भई शैक्षिक क्षेत्र प्रभावित भएको सर्वविदित छ। यसै क्रममा विद्यालय, महाविद्यालयलगायतका शैक्षिक संस्थाहरूमा पठन–पाठन क्रियाकलापमा अवरोध आएको थियो।

देशको शिक्षा प्रणालीलाई अविरल, व्यवस्थित र गुणस्तरीय ढंगले अघि बढाउन सम्पूर्ण सरोकारवालाहरूको सामूहिक जिम्मेवारी रहने हुँदा अब स्थगित पठन–पाठनलाई २९ भदौदेखि नियमित सञ्चालन गर्ने निर्णय गरिएको छ। विद्यालय, विद्यार्थी, अभिभावक तथा सम्पूर्ण शैक्षिक समुदायको सामूहिक चासोलाई ध्यानमा राख्दै यसअघि रोकिएको शैक्षिक क्रियाकलापलाई निरन्तरता दिइने भएको हो।

यस सन्दर्भमा सम्बन्धित सम्पूर्ण विद्यालयलाई २९ भदौदेखि आफ्ना–आफ्ना शैक्षिक गतिविधि सुधार गर्दै नियमित रूपमा सञ्चालन गर्न आग्रह गरिएको छ। साथै, अभिभावक, विद्यार्थी, शिक्षक, सञ्चार माध्यम तथा सरोकारवालाहरूले देखाएको धैर्य, सहयोग र समर्थनप्रति आभार प्रकट गरिएको छ।

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.