बैठक सुरु हुनासाथ मेयर बालेन्द्र शाह (बालेन) ले प्रस्ताव पढेर सुनाए । काठमाडौं प्लाजास्थित महानगरपालिकाको कार्यालयमा बसेको बैठकमा आइतबार बिहान ९ बजे कार्यपालिका बस्ने र दिउँसो २ बजे नगरसभा बस्ने प्रस्ताव पेस गरे ।
त्यसैले महानगरपालिकाको कार्यपालिका बैठक एक मिनेट पनि नबसी सकिएको छ । ६ महिनापछि बसेको कार्यपालिका बैठकमा एउटा मात्रै प्रस्ताव पारित गरेर सकिएको हो ।
उनले उक्त प्रस्ताव पेस गरेलगत्तै कार्यपालिका सदस्यले प्रस्ताव स्वीकार गरे । लगत्तै, अन्य केही विषय नभएको भन्दै मेयर शाहले बैठक सकिएको घोषणा गरे ।
