Abiral Awaj

२०८३ जेष्ठ २३ गते

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८३ जेष्ठ २३ गते

काठमाडौं महानगरपालिकाको बैठक सुरु हुनासाथ सकियाे

बैठक सुरु हुनासाथ मेयर बालेन्द्र शाह (बालेन) ले प्रस्ताव पढेर सुनाए । काठमाडौं प्लाजास्थित महानगरपालिकाको कार्यालयमा बसेको बैठकमा आइतबार बिहान ९ बजे कार्यपालिका बस्ने र दिउँसो २ बजे नगरसभा बस्ने प्रस्ताव पेस गरे ।

त्यसैले महानगरपालिकाको कार्यपालिका बैठक एक मिनेट पनि नबसी सकिएको छ । ६ महिनापछि बसेको कार्यपालिका बैठकमा एउटा मात्रै प्रस्ताव पारित गरेर सकिएको हो ।

उनले उक्त प्रस्ताव पेस गरेलगत्तै कार्यपालिका सदस्यले प्रस्ताव स्वीकार गरे । लगत्तै, अन्य केही विषय नभएको भन्दै मेयर शाहले बैठक सकिएको घोषणा गरे ।

 

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.