Abiral Awaj

२०८३ आश्विन ३० गते

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८३ आश्विन ३० गते

यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

नेपालले यूएईलाई पराजित गर्दै एसीसी मेन्स प्रिमियर कपको उपाधि जितेको छ। शनिबार मलेसियाको वायुमास ओभलमा भएको फाइनलमा नेपालले यूएईमाथि ४४ रनको शानदार जित निकाल्दै उपाधिसँगै एसिया कपका लागि छनोट भएको हो।
नेपालको बलियो ब्याटिङ, यूएई २६९ रनमै अलआउट
नेपालले दिएको ३१४ रनको लक्ष्य पछ्याएको यूएई ४९.१ ओभरमा २६९ रनमा अलआउट भयो।
यूएईका लागि राहुल चोपराले अविजित शतक बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। तनिश सुरीले ४२ तथा कप्तान हरप्रित भाटियाले ३३ रन बनाए।
नेपालका लागि करण केसीले ३ विकेट लिए। ललित राजवंशीले २ तथा कप्तान सन्दीप लामिछाने, रोहित पौडेल, गुल्शन झा, बसिर अहमद र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए।

आसिफको शतक, गुल्शनको विस्फोटक अर्धशतक
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३१३ रन बनाएको थियो।
नेपालका लागि आसिफ शेखले शानदार शतक प्रहार गरे। उनले १०६ बलमा ८ चौका र ४ छक्काको मद्दतमा १०२ रन बनाए। यो आसिफको ओडीआई करियरको दोस्रो शतक हो।
यस्तै गुल्शन झाले ३८ बलमा ३ चौका र ४ छक्कासहित ५२ रनको विस्फोटक इनिङ्स खेले। अर्जुन कुमालले ४३ तथा कप्तान रोहित पौडेलले ४० रन जोडे।
आसिफले अर्जुन कुमालसँग पहिलो विकेटका लागि ९७ रनको साझेदारी गरेका थिए। त्यसपछि इशान पाण्डेसँग दोस्रो विकेटका लागि ३६ तथा रोहित पौडेलसँग तेस्रो विकेटका लागि ६८ रनको साझेदारी गरे।


बलिङमा करणको धारिलो प्रदर्शन
यूएईका बलरमध्ये इबरार अहमदले ४ विकेट लिए। खुजाइमा बिन तनभिरले २ तथा हैदर अली र अदीब उसमानीले समान १ विकेट लिए।
तर नेपालको बलियो ब्याटिङपछि बलरहरूले पनि उत्कृष्ट प्रदर्शन गर्दै यूएईलाई लक्ष्यसम्म पुग्न दिएनन्।
२०२३ को इतिहास फेरि दोहोरियो
नेपालले सन् २०२३ को प्रिमियर कपको फाइनलमा पनि यूएईलाई नै पराजित गरेको थियो। यसपटक पनि फाइनलमा यूएईलाई हराउँदै नेपालले उपाधि आफ्नो पक्षमा पार्दै इतिहास दोहोर्‍याएको हो।
प्रिमियर कपको उपाधि हात पार्दै नेपालले अब एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेको छ।

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.