बस्तु काठमाडौं सम्पर्क समाजको १० औँ साधारणसभा तथा २१औँ वार्षिकोत्सव आज काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको छ।
समाजका सदस्य, अग्रज, शुभेच्छुक तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न साधारणसभाले आगामी कार्यकालका लागि भोजराज भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।

नवनिर्वाचित अध्यक्ष भण्डारीले समाजको उद्देश्यअनुसार धुर्कोट–बस्तुका काठमाडौंमा बसोबास गर्ने सबैलाई एकताबद्ध गर्दै सामाजिक, सांस्कृतिक तथा सेवामूलक गतिविधिलाई थप प्रभावकारी ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा समाजले विगत २१ वर्षदेखि समुदायको हितमा गर्दै आएका गतिविधिको समीक्षा गर्दै आगामी योजनाबारे पनि छलफल गरेको थियो। साथै, सफलतापूर्वक कार्यक्रम सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने निवर्तमान कार्यसमिति, निर्वाचन समिति तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण सदस्य, शुभेच्छुक र सहभागीहरूप्रति हार्दिक आभार व्यक्त गरिएको छ।

