Abiral Awaj

२०८३ असार २० गते

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८३ असार २० गते

युरोपियन टी–२० मा नेपाली स्टार

नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार लेगस्पीनर सन्दीप लामिछाने युरोपियन टी–२० प्रिमियर लिग (ईटीपीएल) खेल्ने भएका छन्। उनलाई प्रतियोगितामा सहभागी हुने फ्रेन्चाइज रटरडाम डकर्स ले अनुबन्ध गरेको हो।
क्लबले सामाजिक सञ्जालमार्फत सन्दीपसँग सम्झौता भएको घोषणा गर्दै आगामी सिजनका लागि टोलीमा स्वागत गरेको जनाएको छ।


ईटीपीएल युरोपमा पहिलोपटक आयोजना हुन लागेको नयाँ फ्रेन्चाइज आधारित बहुराष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता हो। यस लिगलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को आधिकारिक स्वीकृति प्राप्त रहेको छ, जसका कारण यो आईसीसीबाट मान्यता प्राप्त पहिलो बहुराष्ट्रिय फ्रेन्चाइज टी–२० लिग बन्नेछ।
प्रतियोगितामा अस्ट्रेलियाका स्टार ब्याटर स्टिभ स्मिथ र अलराउन्डर मिचेल मार्श पनि खेल्नेछन्। यस्तै, अस्ट्रेलियाका पूर्वकप्तान स्टिभ व र वर्तमान स्टार अलराउन्डर ग्लेन म्याक्सवेल विभिन्न टोलीका मालिकको भूमिकामा रहेका छन्।
सन्दीपको सहभागितासँगै युरोपियन टी–२० प्रिमियर लिगमा नेपाली क्रिकेटको उपस्थिति थप बलियो बनेको छ, जसले अन्तर्राष्ट्रिय मञ्चमा उनको अनुभव र नेपालको क्रिकेटलाई थप उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.