Abiral Awaj

२०८३ जेष्ठ २७ गते

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८३ जेष्ठ २७ गते

अपराजित यात्राको अन्तिम परीक्षा, नेपाललाई हङकङको चुनौती

सिंगापुरमा जारी एसियाली खेलकुद क्रिकेट छनोट प्रतियोगिताको उपाधिका लागि आज नेपाल र हङकङ आमनेसामने हुँदैछन्। दुवै टोली अपराजित रहँदै फाइनलसम्म पुगेकाले उपाधि भिडन्त निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ।
नेपाल र हङकङलाई एसियाली क्रिकेटका चिरप्रतिद्वन्द्वी टोलीका रूपमा हेरिन्छ। जारी प्रतियोगितामा दुवै टोली समूह विजेताका रूपमा सेमिफाइनलमा पुगेका थिए। सेमिफाइनलमा नेपालले ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो। नेपालले ओमानले दिएको ९५ रनको लक्ष्य मात्र ९.२ ओभरमा पूरा गर्दै आफ्नो उत्कृष्ट लय प्रदर्शन गरेको थियो।
यता हङकङले सेमिफाइनलमा मलेसियामाथि ६ विकेटको जित निकाल्दै उपाधि नजिक पुगेको हो। प्रतियोगिताभर दुवै टोलीले सन्तुलित प्रदर्शन गरेका छन्, जसले फाइनललाई अझ प्रतिस्पर्धात्मक बनाएको छ।
जारी प्रतियोगितामा नेपाली टोली ब्याटिङ, बलिङ र फिल्डिङ तीनै विभागमा प्रभावशाली देखिएको छ। विशेषगरी सेमिफाइनलमा देखाएको आक्रामक खेल र आत्मविश्वासले नेपाल उपाधिको बलियो दाबेदारका रूपमा उभिएको छ।
नेपाल र हङकङबीचको हेड-टु-हेड तथ्यांक पनि निकै रोचक छ। दुवै टोलीबीच हालसम्म टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १२ पटक भेट भएको छ। जसमा नेपालले ५ खेल जितेको छ भने हङकङले पनि ५ खेल आफ्नो पक्षमा पारेको छ। बाँकी २ खेल नतिजाविहीन रहेका थिए।
आजको फाइनल खेल नेपाली समयअनुसार दिउँसो १२:१५ बजे सुरु हुनेछ। यसअघि नै सेमिफाइनलमा पुगेका नेपाल, हङकङ, ओमान र मलेसिया आगामी २०औँ एसियाली खेलकुदका लागि छनोट भइसकेका छन्। अब सबैको ध्यान उपाधि जितेर छनोट अभियानलाई स्वर्णिम अन्त्य गर्ने लक्ष्यमा केन्द्रित छ।

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.