Abiral Awaj

२०८३ जेष्ठ १० गते

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८३ जेष्ठ १० गते

यूएईविरुद्ध दोस्रो टी–२०आईमा नेपालले टस जितेर पहिला बलिङ गर्ने

Dipendra Singh Aireeको कप्तानीमा रहेको नेपालले United Arab Emirates विरुद्धको दोस्रो टी–२० अन्तर्राष्ट्रिय खेलमा टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ।
त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा कप्तान दीपेन्द्रसिंह ऐरीले टस जित्दै यूएईलाई पहिले ब्याटिङको निम्तो दिएका हुन्।
पहिलो टी–२०आई खेलमा नेपाल ६ विकेटले पराजित भएको थियो। त्यसैले घरेलु टोली नेपाल आजको खेल जित्दै सिरिज १–१ को बराबरीमा टुंग्याउने लक्ष्यमा रहेको छ। यता यूएई भने लगातार दोस्रो जित निकाल्दै सिरिज क्लिन स्वीप गर्ने योजनामा मैदानमा उत्रिएको छ।


यस खेलका लागि नेपालले आफ्नो प्लेइङ–११ मा चार परिवर्तन गरेको छ। अर्जुन साउद, सन्दीप जोरा, शेर मल्ल र बसिर अहमदलाई बेन्चमा राख्दै सन्तोष यादव, आरिफ शेख, लोकेश बम र शाहब आलमलाई टोलीमा समावेश गरिएको छ।
यसै खेलमार्फत सन्तोष यादवले टी–२० अन्तर्राष्ट्रियमा डेब्यू गर्ने अवसर पाएका छन्। नयाँ खेलाडीहरूको समावेशसँगै नेपालले आजको खेलमा मजबुत प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.