Abiral Awaj

२०८३ बैशाख ५ गते

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८३ बैशाख ५ गते

शुल्क विवरण र शैक्षिक सामग्रीको सूची ७ दिनभित्र अनिवार्य पेस गर्न आदेश

Janakpurdham उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका सबै संस्थागत (निजी) विद्यालयलाई शैक्षिक सत्र २०८३ का लागि लागू हुने सम्पूर्ण शुल्क विवरण, विद्यालय वर्गीकरण तथा पाठ्यसामग्रीसम्बन्धी सम्पूर्ण जानकारी अनिवार्य रूपमा सात दिनभित्र पेस गर्न लिखित सूचना जारी गरेको छ।
उपमहानगरपालिकाको शिक्षा तथा खेलकुद विकास शाखाले आज जारी गरेको सूचनाअनुसार, विद्यालयहरूले शैक्षिक तथा प्रशासनिक शुल्कको पूर्ण विवरण बुझाउनुपर्नेछ। साथै, विद्यालय वर्गीकरण गर्दा ‘संस्थागत विद्यालय मापदण्ड निर्देशिका, २०६१’ तथा ‘विद्यालय वर्गीकरण एवम् शुल्क निर्धारण कार्यविधि, २०८१’ अनुसार आफू कुन वर्गमा पर्ने हो भन्ने स्पष्ट आधारसमेत खुलाउनुपर्ने उल्लेख गरिएको छ।
नगर शिक्षा समितिको गत चैत ३० गते बसेको बैठकको निर्णयअनुसार उक्त निर्देशन जारी गरिएको शिक्षा तथा खेलकुद विकास शाखाले जनाएको छ।
शाखा प्रमुख Anju Pandey का अनुसार, कक्षा १ देखि १२ सम्म अध्यापन गराइने पाठ्यपुस्तक, पाठ्यसामग्री तथा सिकाइ सामग्रीको विस्तृत सूची पनि सम्बन्धित पब्लिकेसनको नाम र ठेगानासहित बुझाउनुपर्नेछ।
उनले विद्यालयमा हुने अनियमितता रोक्न, शुल्क व्यवस्थापनलाई व्यवस्थित बनाउन तथा शैक्षिक सामग्रीमा पारदर्शिता कायम गर्न यो सूचना जारी गरिएको बताइन्।
सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आवश्यक विवरण पेस नगर्ने विद्यालयमाथि कानुनअनुसार कारबाही गरिने उपमहानगरपालिकाले चेतावनी दिएको छ।

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.