गुल्मी — धुर्कोट गाउँपालिका ले श्रमिक र नागरिकको भविष्य सुरक्षित बनाउने लक्ष्यसहित महत्वपूर्ण कदम चालेको छ। गाउँपालिकाले सामाजिक सुरक्षा कोष सँग योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयन गर्न औपचारिक सम्झौता गर्दै नयाँ इतिहास रचेको हो। यससँगै गुल्मी जिल्लामै यस्तो पहल गर्ने धुर्कोट पहिलो पालिका बनेको छ।
गाउँपालिका अध्यक्ष भूपाल पोखरेल ले यस कदमलाई श्रमिकका लागि “ऐतिहासिक अवसर” को रूपमा व्याख्या गरेका छन्। उनका अनुसार, “अब हाम्रो पालिकाभित्र रहेका श्रमिक, कर्मचारी, किसान तथा साना उद्यमीहरू भविष्यप्रति ढुक्क हुन सक्ने अवस्था सिर्जना भएको छ। सामाजिक सुरक्षा केवल सुविधा होइन, यो हरेक नागरिकको अधिकार हो, जसलाई सुनिश्चित गर्ने हाम्रो प्रयास हो।”
यस योजनाले औपचारिक तथा अनौपचारिक दुवै क्षेत्रमा काम गर्ने व्यक्तिहरूलाई समेट्नेछ। करारका कर्मचारी, नगर प्रहरी, विद्यालय कर्मचारी र बालविकास सहयोगीदेखि लिएर गाउँमै श्रम गर्ने किसान र साना व्यवसायीहरू समेत अब सामाजिक सुरक्षा प्रणालीमा आबद्ध हुनेछन्।
अध्यक्ष पोखरेलले स्थानीय तहबाटै सामाजिक सुरक्षा पहुँच विस्तार गर्ने लक्ष्य रहेको स्पष्ट पार्दै भने, “यो अभियानले दीर्घकालमा श्रमिकहरूको जीवनस्तरमा सुधार ल्याउनेछ। अब गाउँमै बसेर काम गर्ने नागरिकहरू पनि राज्यको सामाजिक सुरक्षा छातामुनि आउनेछन्।”
धुर्कोट गाउँपालिकाको यो पहललाई श्रमिकमैत्री नीति र समावेशी विकासतर्फको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
धुर्कोटको ऐतिहासिक निर्णय:
