मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा बुधबार सम्पन्न साफ यु–२० च्याम्पियनसिपअन्तर्गतको खेलमा नेपालले श्रीलंकालाई १–० गोलअन्तरले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ।
नेपालको जितमा सुवास बमले निर्णायक गोल गर्दै टोलीलाई महत्वपूर्ण तीन अंक दिलाए। यस जितसँगै नेपालले दुई खेलबाट शतप्रतिशत ६ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा आफ्नो पकड बलियो बनाएको छ।

लगातार उत्कृष्ट प्रदर्शन गरिरहेको नेपालले सेमिफाइनल पुग्ने सम्भावनालाई थप मजबुत बनाएको छ। अब नेपालको अन्तिम समूह चरणको खेल भुटानसँग बाँकी रहेको छ, जसले टोलीको आगामी यात्रा निर्धारण गर्नेछ।
उता, पराजित श्रीलंकाले भने हालसम्म ३ अंक मात्रै जोड्न सकेको छ।
