माल्दिभ्समा जारी साफ यू–२० च्याम्पियनसिपमा नेपालले शानदार जितसहित आफ्नो अभियान सुरु गरेको छ। सोमबार सम्पन्न खेलमा नेपालले भुटानलाई २–१ गोलअन्तरले पराजित गर्दै महत्वपूर्ण ३ अंक जोडेको हो।

नेपालको जितमा सुजन डंगोल र सुवास बम नायक बने। खेलको सुरुवातमै आक्रामक देखिएको नेपालका लागि पाँचौं मिनेटमा सुजनले गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि दोस्रो हाफको ५२औं मिनेटमा सुवासले अर्को गोल थप्दै नेपालको अग्रता दोब्बर पारे।

खेलको अन्त्यतिर भुटानका ढेन्डुप ग्याल्सेनले ८३औं मिनेटमा एक गोल फर्काए पनि त्यसपछि थप गोल गर्न नसक्दा भुटान खेलमा फर्किन सकेन। बाँकी समय नेपालले उत्कृष्ट रक्षात्मक खेल प्रदर्शन गर्दै जित सुरक्षित राख्यो।
यस जितसँगै उत्साहित बनेको नेपालले अब आफ्नो दोस्रो खेल बुधबार श्रीलंकाविरुद्ध खेल्ने तालिका रहेको छ। आगामी खेलमा पनि जित निकाल्दै नेपाल समूह चरणमा मजबुत स्थिति बनाउन चाहन्छ।
Abiral Bhandari
