Abiral Awaj

२०८३ बैशाख ५ गते

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८३ बैशाख ५ गते

कपिलवस्तुको महाराजगञ्जमा साम्प्रदायिक तनावपछि निषेधाज्ञा जारी

कपिलवस्तु जिल्लाको महाराजगञ्ज क्षेत्रमा हिन्दु र मुस्लिम समुदायबीच उत्पन्न भएको विवादलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्म महाराजगञ्ज नगरपालिकाको विभिन्न क्षेत्रमा भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न पूर्ण रूपमा रोक लगाइएको छ। निषेधाज्ञा क्षेत्रको सीमाना पूर्वमा बर्गदी पुल, पश्चिममा बहादुरगञ्ज चोक, उत्तरमा महाराजगञ्ज बजार र दक्षिणमा हर्दौना तोकिएको छ।


निमित्त प्रमुख जिल्ला अधिकारी भविष्वर घिमिरेद्वारा जारी गरिएको सूचनामा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) (क) अनुसार आदेश लागू गरिएको उल्लेख गरिएको छ। आदेश उल्लंघन गर्ने व्यक्तिलाई कानुनअनुसार कारबाही गरिने पनि प्रशासनले चेतावनी दिएको छ।
महाराजगञ्जको वडा नं. २ र ३ को सीमाक्षेत्रमा मुस्लिम समुदायले ईद पर्व र हिन्दु समुदायले नवरात्र पर्व मनाउने क्रममा उत्पन्न विवाद बढ्दै गएपछि स्थिति नियन्त्रण बाहिर जान सक्ने भन्दै प्रशासनले यस्तो निर्णय लिएको हो।


प्रशासनले सबै पक्षलाई संयमित रहन र शान्ति कायम गर्न सहयोग गर्न आग्रह गरेको छ।

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.