Abiral Awaj

२०८३ बैशाख ५ गते

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८३ बैशाख ५ गते

अन्तर्राष्ट्रिय तनावको असर: पेट्रोल १५ र डिजल–मट्टीतेल १० रुपैयाँले महँगियो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमका अनुसार पेट्रोलमा १५ रुपैयाँ र डिजल–मट्टीतेलमा १० रुपैयाँका दरले मूल्य बढाइएको हो। बढेको मूल्य आज राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ।
निगमका अनुसार अब तेस्रो वर्ग अन्तर्गत पर्ने काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १७२ रुपैयाँ कायम भएको छ भने डिजल र मट्टीतेलको मूल्य १५२ रुपैयाँ पुगेको छ।
दोस्रो वर्ग अन्तर्गत पर्ने दाङ र सुर्खेतमा पेट्रोलको मूल्य १७१ रुपैयाँ तथा डिजल–मट्टीतेलको मूल्य १५१ रुपैयाँ कायम भएको छ।


त्यस्तै, पहिलो वर्ग अन्तर्गत पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य १६९ रुपैयाँ ५० पैसा र डिजल–मट्टीतेलको मूल्य १४९ रुपैयाँ ५० पैसा कायम गरिएको छ।
निगमले अमेरिका–इजरायल–इरानबीच बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा परेको प्रभावले मूल्य समायोजन गर्नुपरेको जनाएको छ। निगमले जारी गरेको विज्ञप्तिमा यस्तो विषम परिस्थितिमा बाध्यतावश मूल्य वृद्धि गर्नुपरेको उल्लेख गर्दै यसबाट उपभोक्तामा पर्ने असरप्रति आफूहरू सचेत र संवेदनशील रहेको बताएको छ।

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.