Abiral Awaj

२०८३ बैशाख ५ गते

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८३ बैशाख ५ गते

“२८ लाख खर्च गरेर जिते महावीर पुन, चुनावी खर्च सार्वजनिक”

म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित Mahabir Pun ले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन्। उनले निर्वाचन अभियानमा कुल २८ लाख ६८ हजार ८ सय ६८ रुपैयाँ खर्च भएको जानकारी दिएका छन्।
बिहीबार Election Commission of Nepal मा पेश गरिएको खर्च विवरण अनुसार चुनावी अभियानका विभिन्न शीर्षकमा उक्त रकम खर्च भएको उल्लेख गरिएको छ।
खर्च विवरणमा सबैभन्दा बढी रकम होटलको खाना र बासमा खर्च भएको देखिएको छ। यस शीर्षकमा मात्र १३ लाख ७ हजार रुपैयाँभन्दा बढी खर्च भएको विवरणमा उल्लेख गरिएको छ।
त्यस्तै, यातायात तथा सवारी मर्मतमा ६ लाख ६० हजार रुपैयाँ खर्च भएको छ भने डिजेलमा ३ लाख ६० हजार रुपैयाँ खर्च गरिएको छ। अभियानका क्रममा चालकको ज्यालामा १ लाख ४० हजार रुपैयाँ खर्च भएको छ।
यसका साथै प्रचारप्रसार सामग्रीमा २ लाख ९० हजार रुपैयाँ खर्च गरिएको छ। अन्य खर्च शीर्षकहरूमा मनोनयन दर्ता शुल्क १० हजार रुपैयाँ, मतदाता नामावली खरिदमा ३ हजार रुपैयाँ, स्टेशनरीमा २५ हजार ३ सय रुपैयाँ र विविध खर्च ७० हजार ८ सय ७७ रुपैयाँ रहेको जानकारी दिइएको छ।
निर्वाचन परिचालन समितिका सदस्य चित्रबहादुर तिलिजाका अनुसार उक्त सम्पूर्ण खर्च विवरण आधिकारिक रूपमा निर्वाचन आयोगमा बुझाइएको हो।

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.