Abiral Awaj

२०८३ जेष्ठ ११ गते

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८३ जेष्ठ ११ गते

मौन अवधि आज रातिबाट लागू

निर्वाचन आयोगले आज रातिबाट सुरु हुने मौन अवधि र मतदानको दिनसम्म लागू हुने निर्वाचन आचारसंहितालाई प्रभावकारी बनाउन अनुगमन अधिकृतहरूलाई कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएको छ।


आयोगले सोमबार विज्ञप्ति जारी गर्दै मौन अवधिमा कुनै पनि किसिमका चुनावी गतिविधि नगर्न सबै राजनीतिक दल, उम्मेदवार तथा सरोकारवालालाई सचेत गराएको हो। मौन अवधिमा सभा, सम्मेलन, अन्तरक्रिया लगायतका कार्यक्रम पूर्ण रूपमा निषेध गरिएको छ। साथै, कुनै पनि माध्यम वा तरिकाबाट गरिने निर्वाचन प्रचार–प्रसारमा पनि रोक लगाइएको छ।
आचारसंहिता अनुसार सञ्चारमाध्यमहरूले समेत मौन अवधिमा कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा समाचार, सामग्री तथा प्रचार प्रसारण गर्न नपाउने व्यवस्था गरिएको छ। आयोगले आचारसंहिता उल्लङ्घन गरे कानुनी कारबाही हुने चेतावनी पनि दिएको छ।

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.