आजदेखि देशभर साताव्यापी सार्वजनिक बिदा सुरु भएको छ। फागुन १८ र १९ गते होली पर्वका अवसरमा सार्वजनिक बिदा दिइएको छ। त्यसपछि फागुन २०, २१ र २२ गते निर्वाचन प्रयोजनका लागि सरकारले बिदा घोषणा गरेको छ। फागुन २३ गते शनिबार परेकाले स्वाभाविक बिदा हुने भएको छ भने फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवसका कारण पुनः सार्वजनिक बिदा परेको छ।
लगातार सात दिन सार्वजनिक बिदा जुरेसँगै निर्वाचनमा सहभागी हुन तथा परिवार भेट्न राजधानीबाट गाउँ फर्किने नागरिकको संख्या उल्लेख्य रूपमा बढेको छ। काठमाडौँ उपत्यकाबाट बाहिरिने मुख्य नाका तथा विभिन्न बसपार्कहरूमा यात्रुको भीड बढ्न थालेको छ। लामो बिदाको अवसरमा धेरैले यात्रा योजना बनाउँदा सार्वजनिक यातायातमा चाप देखिन थालेको हो।
सात दिनसम्म सार्वजनिक बिदा
