Abiral Awaj

२०८३ जेष्ठ १० गते

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८३ जेष्ठ १० गते

इजरायली हमलामा इरानका रक्षामन्त्री र आइआरजीसी कमान्डर मारिएको दाबी

इजरायली सैन्य कारबाहीमा इरानका उच्च सुरक्षा अधिकारीहरू मारिएको दाबी गरिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले विश्वस्त स्रोतलाई उद्धृत गर्दै शनिबार भएको आक्रमणमा इरानका रक्षामन्त्री अमिर नासिरजादेह तथा इस्लामिक रिभोल्युशनरी गार्ड्स कर्प्स (आइआरजीसी) का कमान्डर मोहम्मद पाकपोर को मृत्यु भएको आशंका गरिएको बताएका छन्।
इजरायली सैन्य गतिविधिबारे जानकारी राख्ने दुई स्रोत र एक क्षेत्रीय स्रोतका अनुसार ती उच्च अधिकारीहरू इजरायल ले गरेको आक्रमणमा परेका हुन सक्ने बताइएको हो। तर, घटनासम्बन्धी तथ्य पुष्टि गर्ने आधिकारिक जानकारी अहिलेसम्म सार्वजनिक भएको छैन।
यस विषयमा इरान वा इजरायल सरकारमध्ये कुनै पक्षबाट पनि औपचारिक पुष्टि आएको छैन। घटनाको वास्तविक अवस्था र क्षतिको विवरणबारे स्पष्टता आउन बाँकी छ।

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.