Abiral Awaj

२०८३ बैशाख ५ गते

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८३ बैशाख ५ गते

चुनावी मर्यादा उल्लङ्घनमा २५ हजार जरिवानाको फैसला

निर्वाचन आचारसंहिता उल्लंघन गरेको ठहर गर्दै निर्वाचन आयोग ले दुई जना उम्मेदवार र एक राजनीतिक दललाई कारबाही गरेको छ। केन्द्रीय निर्वाचन आचारसंहिता तथा अनुगमन समितिको निर्णयअनुसार नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार शक्तिबहादुर बस्नेत र स्वतन्त्र उम्मेदवार डा. निकोलस भूसाललाई जनही २५ हजार रुपैयाँ जरिवाना गरिएको छ। यससँगै श्रम शक्ति नामक राजनीतिक दललाई पनि २५ हजार रुपैयाँ जरिवाना तिराउने निर्णय भएको हो।
केन्द्रीय निर्वाचन आचारसंहिता तथा अनुगमन समितिका संयोजकसमेत रहेका निर्वाचन आयुक्त सगुन शमशेर जबरा ले सोधिएको स्पष्टीकरण चित्तबुझ्दो नआएपछि कारबाही गरिएको जानकारी दिए। उनका अनुसार उजुरी आएपछि मात्र कारबाही हुँदैन, ठोस प्रमाण आवश्यक पर्ने भएकाले प्रमाणसहित पुष्टि भएका केसमा मात्र जरिवाना गरिएको हो।
जबराले मुलुकभर आचारसंहिता उल्लंघनसम्बन्धी ३ सयभन्दा बढी उजुरी दर्ता भएको जानकारी दिए। तीमध्ये निर्वाचन आयोगमार्फत ८२ जनासँग स्पष्टीकरण सोधिएको छ, जसमा ५७ जनाबाट जवाफ प्राप्त भएको र ६ जनासँग पुनः स्पष्टीकरण मागिएको छ। साथै, आचारसंहिता पालना नगरेको विषयमा दुई जना कर्मचारीलाई सचेत गराइएको छ भने एक संस्थानले कर्मचारीलाई हटाएको उजुरीमा आयोगले पुनर्बहाली गर्न निर्देशन दिएको पनि उनले बताए।
निर्वाचन स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन आयोगले आचारसंहिता उल्लंघनमा ‘शून्य सहनशीलता’ अपनाउने स्पष्ट संकेत दिएको छ।

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.