Abiral Awaj

२०८३ बैशाख ५ गते

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८३ बैशाख ५ गते

इंग्ल्यान्ड लगातार पाँचौँ पटक टी–२० विश्वकपको सेमिफाइनलमा

कप्तान Harry Brook को अविस्मरणीय शतकको मद्दतमा England ले आईसीसी टी–२० विश्वकप २०२६ मा लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। सुपर एट अन्तर्गतको रोमाञ्चक खेलमा इंग्ल्याण्डले Pakistan लाई २ विकेटले पराजित गर्दै अन्तिम चारमा पुग्ने पहिलो टोली बनेको हो।


पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम मा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाउँदै १६४ रन बनायो। पाकिस्तानका लागि साहिबजादा फरहानले उत्कृष्ट ब्याटिङ गर्दै ६३ रन बनाए भने बाबर आजम र फकर जमानले समान २५–२५ रन जोडे। शादाब खानले २३ रन बनाए पनि अन्य ब्याटरबाट अपेक्षित योगदान आउन सकेन। इंग्ल्याण्डका लियाम डसनले ३ विकेट लिए भने जेमी ओभरटन र जोफ्रा आर्चरले समान २–२ विकेट हात पारे।
१६५ रनको लक्ष्य पछ्याउन उत्रिएको इंग्ल्याण्डको सुरुवात कमजोर रह्यो। शाहिन शाह अफ्रिदीको घातक बलिङका कारण इंग्ल्याण्ड दबाबमा पर्‍यो। तर कप्तान ब्रुकले एक्लैले खेलको धार परिवर्तन गरे। उनले ५१ बलमा १० चौका र ४ छक्कासहित अविजित १०० रन बनाए। यससँगै टी–२० विश्वकप इतिहासमा कप्तानका रूपमा शतक बनाउने उनी पहिलो खेलाडी बने।
विल ज्याक्सले २८ र साम करनले १६ रनको योगदान दिए। अन्ततः इंग्ल्याण्डले १९.१ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो। पाकिस्तानका मोहम्मद नवाज र उसमान तारिकले समान २–२ विकेट लिए।
यो जितसँगै समूह–२ बाट इंग्ल्याण्ड सेमिफाइनल पुगेको छ। दुई खेल खेलेको पाकिस्तान र एक खेल खेलेको न्युजिल्याण्डको समान १ अंक छ भने सह–आयोजक श्रीलंका अंकविहिन छ।

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.