Abiral Awaj

२०८३ बैशाख ५ गते

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८३ बैशाख ५ गते

⚽️ साम्बाको उपचारमा कांग्रेसको साथ, पाँच लाख रुपैयाँ सहयोग

नेपाली कांग्रेसले राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को उपचारका लागि पाँच लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।


घुँडाको एसीएलमा यसअघि गरिएको शल्यक्रियाबाट हालिएको ग्राफ्टमा समस्या देखिनुका साथै एमसिएलमा गम्भीर चोट लागेपछि साम्बा हाल जटिल शल्यक्रियाको तयारीमा छिन्। उनको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको नेपाली कांग्रेसले मंगलबार विज्ञप्तिमार्फत जनाएको छ।
कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अखिल नेपाल फुटबल संघका अध्यक्षसँग टेलिफोन संवाद गर्दै खेलाडी उपचार कोषमा पार्टीको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। सोहीअनुसार अखिल नेपाल फुटबल संघको उपचार कोषका लागि ग्लोबल आईएमई बैंक लिमिटेडमा रहेको खातामा पाँच लाख रुपैयाँ जम्मा गरिएको कांग्रेसले जनाएको छ।


यसैबीच, कांग्रेसका सभापति गगनकुमार थापाले देशको प्रतिष्ठा अन्तर्राष्ट्रिय स्तरमा उकास्न महत्वपूर्ण योगदान पुर्‍याएकी साम्बाप्रति उच्च सम्मान व्यक्त गर्दै यतिबेला सबैले उनलाई साथ दिनुपर्ने बताएका छन्। उनले पार्टी र व्यक्तिगत तर्फबाट साम्बाको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन्।
कांग्रेसले खेलकुदलाई केवल मनोरञ्जनको माध्यममा सीमित नराखी राष्ट्रिय पहिचान र राष्ट्र निर्माणमा युवाको सक्रिय सहभागिताको मेरुदण्डका रूपमा विकास गर्ने प्रतिबद्धता पनि पुनः व्यक्त गरेको छ।

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.