Abiral Awaj

२०८३ जेष्ठ ११ गते

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८३ जेष्ठ ११ गते

सुपर ८ मा इंग्ल्यान्ड र दक्षिण अफ्रिकाको प्रभावशाली जित, श्रीलंका र भारत पराजित

आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत सुपर ८ चरणका दुई खेलमा इंग्ल्यान्ड र दक्षिण अफ्रिकाले सशक्त प्रदर्शन गर्दै महत्वपूर्ण जित हात पारेका छन् ।
आइतबार पालेकेले रंगशालामा भएको खेलमा इंग्ल्यान्डले श्रीलंकालाई ५१ रनले पराजित गर्‍यो । १४७ रनको लक्ष्य पछ्याएको श्रीलंका १६.४ ओभरमै ९५ रनमा अलआउट भयो ।

कप्तान दशुन शनकाले सर्वाधिक ३० रन बनाए । बलिङतर्फ इंग्ल्यान्डका विल ज्याक्सले ३ विकेट लिँदा जोफ्रा आर्चर, आदिल राशिद र लियाम डसनले समान २–२ विकेट लिए । यसअघि इंग्ल्यान्डका ओपनर फिल साल्टले ६२ रनको अर्धशतकीय पारी खेलेका थिए ।
त्यस्तै अर्को सुपर ८ खेलमा दक्षिण अफ्रिकाले भारतलाई पराजित गर्दै समूहमा महत्वपूर्ण २ अंक जोडेको छ । टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले डेभिड मिलरको ६३ रनको अर्धशतक र ट्रिस्टन स्टब्सको अविजित ४४ रनको सहयोगमा २० ओभरमा ७ विकेट गुमाउँदै १८७ रन बनायो । जवाफमा भारत निर्धारित लक्ष्य पछ्याउन असफल रह्यो । भारतका लागि शिवम दुबेले सर्वाधिक ४२ रन बनाए ।


दक्षिण अफ्रिकाको जितमा मार्को यानसेनले ४ विकेट लिँदै निर्णायक भूमिका खेले भने भारतका लागि जसप्रित बुमराहले ३ विकेट लिए ।


यी नतिजासँगै सुपर ८ चरण अझ रोचक बन्दै गएको छ । सुपर ८ का दुई समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्ने प्रावधान रहेको छ ।

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.