Abiral Awaj

२०८३ जेष्ठ ११ गते

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८३ जेष्ठ ११ गते

१२ वर्षपछि विश्वकप जितको स्वाद चाख्यो

दीपेन्द्र सिंह ऐरीको आक्रामक अर्धशतकको मद्दतमा नेपालले आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आफ्नो चौथो खेलमा स्कटल्याण्डलाई ७ विकेटले पराजित गर्दै ऐतिहासिक जित निकालेको छ। यो जितसँगै नेपालले १२ वर्षपछि टी–२० विश्वकपमा पहिलोपटक जित दर्ता गरेको हो।


मुम्बईस्थित वानखेडे मैदानमा भएको खेलमा स्कटल्याण्डले दिएको १७१ रनको लक्ष्य नेपालले १९.२ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो। नेपालको जितमा दीपेन्द्र सिंह ऐरीले शानदार अर्धशतक प्रहार गर्दै टोलीलाई जिततर्फ डोर्‍याए।
यसअघि सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकपमा डेब्यु गरेको नेपालले हङकङ र अफगानिस्तानलाई हराएको थियो। त्यसपछि लगातार ६ खेलमा पराजय व्यहोरेको नेपालका लागि यो जित विशेष महत्वको रह्यो।


यस संस्करणमा सुपर एट पुग्ने लक्ष्यसहित मैदान उत्रिएको नेपाल इंग्ल्यान्ड, इटली र वेस्ट इन्डिजसँग पराजित हुँदै समूह चरणबाट बाहिरिसकेको थियो। तर प्रतिष्ठाको लडाइँ बनेको अन्तिम खेलमा स्कटल्याण्डविरुद्ध जित निकाल्दै नेपालले विश्वकप यात्राको सुखद समापन गरेको छ।
नेपालका लागि कुशल भुर्तेलले ४३ रनको उपयोगी इनिङ खेले भने आसिफ शेखले ३३ रनको योगदान दिए।

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.