मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईं लाई प्रहरीले भक्तपुरबाट सोमबार घरबाटै पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतका अनुसार उनलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर काठमाडौं अन्तर्गत भद्रकालीस्थित कार्यालयमा ल्याइएको हो।
यसअघि पनि माघ २३ गते पक्राउ परेका प्रसाईं हाजिर जमानीमा छुटेका थिए। त्यस बेला निर्वाचनसम्बन्धी अभिव्यक्तिलाई आधार मानेर प्रहरीको साइबर ब्यूरोले अनुसन्धान गर्दै बयान लिएर छाडेको थियो।

प्रहरीका अनुसार फागुन २१ मा हुन लागेको निर्वाचन विथोल्ने अभियान सुरु गर्न सक्ने आशंकाका कारण उनलाई पछिल्लो समय पटक–पटक नियन्त्रणमा लिँदै आएको छ।
यसअघि माघ ५ गते पोखरा बाट पनि पक्राउ परेका प्रसाईंसँग बयान लिएर छाडिएको थियो।
