कपिलवस्तु— नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाललाई आगामी पाँच वर्षभित्र ‘डिजिटल हब’का रूपमा स्थापित गर्ने महत्वाकांक्षी योजना सार्वजनिक गरेका छन्। सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै उनले सूचना प्रविधि (आईटी) क्षेत्रमा साना तर प्रभावकारी सुधारले पनि ठूलो आर्थिक र रोजगारीको नतिजा दिन सक्ने बताएका छन्।
केही समयअघि कीर्तिपुरमा आयोजित एक कार्यक्रममा ‘ल्यापटप चलाएरै मासिक ३–४ लाख रुपैयाँ कमाउन सकिन्छ’ भन्ने अभिव्यक्ति सामाजिक सञ्जालमा ट्रोलको विषय बनेको स्मरण गर्दै थापाले त्यसलाई हावादारी कुरा नभई योजनाबद्ध सोचको रूपमा स्पष्ट पारे। अघिल्लो सरकारको कार्यकालमा अध्यादेशमार्फत गरिएका साना सुधारहरूले पनि सकारात्मक परिणाम देखाएको उदाहरण दिँदै उनले अब थप व्यवस्थित र दीर्घकालीन नीतिगत सुधार आवश्यक रहेको औंल्याए।

थापाका अनुसार सन् २०२४ देखि २०३४ सम्मको अवधिलाई ‘आईटी दशक’का रूपमा अघि बढाइनेछ। यही अवधिमा पाँच वर्षभित्र करिब ४ खर्ब रुपैयाँ बराबरको आईटी सेवा निर्यात सम्भव हुने उनको दाबी छ। योजनाअन्तर्गत २ लाखभन्दा बढी प्रत्यक्ष रोजगारी सिर्जना गर्ने, कम्तीमा २०० नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने तथा ३ देखि ५ वटा आईटी कम्पनीलाई धितोपत्र बजारमा सूचीकृत गर्ने लक्ष्य राखिएको छ।
उनले स्थिर कर नीति, दक्ष जनशक्ति उत्पादनका लागि ‘ट्यालेन्ट हब’ निर्माण, र सार्वजनिक–निजी साझेदारीको मोडललाई योजनाको मुख्य आधारका रूपमा अघि सारे। अब नेपाल फ्रिल्यान्सिङ र बीपीओमा मात्र सीमित नरही आफ्नै डिजिटल उत्पादन विकास र निर्यातमा केन्द्रित हुनुपर्नेमा उनले जोड दिए। साथै, सरकारले पनि स्वदेशी प्रविधि र डिजिटल उत्पादनलाई प्राथमिकताका साथ प्रयोग गर्नुपर्ने थापाको भनाइ
