Abiral Awaj

२०८३ बैशाख ५ गते

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८३ बैशाख ५ गते

ब्रेनहार्टमा Sci–Math and Art exhibition सम्पन्न:

काठमाडौ महानगर ३२ , जडीबुटी स्थित ब्रेन हार्ट विद्यालयमा फाल्गुन १ गते शुक्रवारका दिन भव्य रूपमा Sci–Math Fair सम्पन्न भयो। विज्ञान प्रविधि क्षेत्रमा काम गर्दै आएको एक उत्कृष्ट संस्था “कारखाना” को विशेष निगरानीमा सम्पन्न यस कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरूमा विज्ञान तथा गणितप्रति रुचि, अनुसन्धानशीलता र सिर्जनात्मकता विकास गर्नु थियो।


कार्यक्रमको उद्घाटन विद्यालयका प्रधानाध्यापक तपस शर्मा ज्यूद्वारा दीप प्रज्वलन गरी गरिएको थियो। उद्घाटन समारोहमा विज्ञान र गणितको महत्वबारे विशेष मन्तव्य प्रस्तुत गरिएको थियो।


कक्षा १ देखि ९ सम्मका विद्यार्थीहरूले विभिन्न रोचक र शैक्षिक परियोजनाहरू प्रदर्शन गरेका थिए। वर्षभरि गरेका crafts works प्रदर्शन साथै विज्ञानतर्फ जलशुद्धीकरण प्रणाली, सौर्य मण्डल नमूना, जेनेरेटर जस्ता उपकरण, मानव शरीरको संरचना आदि मोडेलहरू प्रस्तुत गरिएका थिए। गणिततर्फ ज्यामितीय आकृतिहरू, पजल खेल, गणितीय जादू, तथ्यांक चार्ट तथा मोडेलहरू प्रदर्शनीमा राखिएका थिए।
विद्यार्थीहरूले आफ्नो परियोजनाबारे स्पष्ट र आत्मविश्वासका साथ व्याख्या गरेका थिए। अभिभावक, शिक्षक तथा अतिथिहरूले प्रदर्शनी अवलोकन गरी विद्यार्थीहरूको सिर्जनात्मक कार्यको प्रशंसा गरेका थिए।


कार्यक्रमको अन्त्यमा उत्कृष्ट परियोजना प्रस्तुत गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरियो। यस Sci–Math and Crafts Fair का संयोजक र बिद्यालयमा निर्देशक रनिश भट्टराई ज्यूले विद्यार्थीहरूमा वैज्ञानिक सोच, तार्किक क्षमता र आत्मविश्वास बढाउन महत्त्वपूर्ण भूमिका खेलोस् भन्ने उद्देश्यका साथ कार्यक्रम संचालन गरिएको कुरा बताउनुभयो। आगामी दिनमा विज्ञान प्रविधि क्षेत्रमा थप नयाँ कार्यक्रम गरिने योजना रहेको स्पष्ट पार्नु भयो।

Ranish Bhattarai

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.