Abiral Awaj

२०८३ जेष्ठ ११ गते

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८३ जेष्ठ ११ गते

स्कटल्यान्डको इटालीमाथि ७३ रनको सहज जित, सुपर–८ को सम्भावना बलियो

  • आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत आफ्नो दोस्रो खेलमा स्कटल्यान्डले इटालीमाथि सहज जित निकालेको छ।
    सोमबार इडेन गार्डेन्समा भएको खेलमा स्कटल्यान्डले इटालीलाई ७३ रनले पराजित गरेको हो।
    टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०७ रनको विशाल योगफल तयार गर्‍यो।
    स्कटल्यान्डका लागि जर्ज मुन्सेले उत्कृष्ट अर्धशतकीय पारी खेल्दै सर्वाधिक ८४ रन बनाए।
    ५४ बल खेलेका मुन्सेले १३ चौका र २ छक्का प्रहार गरे।
    त्यस्तै ब्रान्डन म्याकमुलनले अविजित ४१ रन बनाए भने मिचेल जोन्सले ३७ रनको योगदान दिए।
    इटालीका बलरमध्ये अली हसन, ग्रान्ड स्वेटर, थोमस डार्क र जेजे स्मिथले समान १–१ विकेट लिए।
    २०८ रनको लक्ष्य पछ्याएको इटाली १६ ओभर ४ बलमै अलआउट हुँदै १३४ रनमा सीमित रह्यो।
    इटालीका लागि बेन मानेन्टीले सर्वाधिक ५२ रनको अर्धशतकीय पारी खेले।
    ३१ बल खेलेका उनले ५ चौका र १ छक्का प्रहार गरे।
    त्यस्तै ह्यारी मानेन्टीले ३७ रन बनाउँदा जेजे स्मुथस्ले २२ रनको योगदान दिए।
    बलिङतर्फ स्कटल्यान्डका लागि माइकल लिस्कले शानदार प्रदर्शन गर्दै ४ विकेट लिए।
    चार ओभर बलिङ गरेका उनले मात्र १७ रन खर्चिए।त्यस्तै माके वाटले २ विकेट लिँदा ब्रान्ड कुरी, ओलिभर डेभिडसन र ब्रान्ड वेलले समान १–१ विकेट लिए।यस जितसँगै दुई खेल खेलेको स्कटल्यान्डले २ अंक जोड्दै प्रतियोगिताको सुपर–८ चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ।यता इटालीले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ।
By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.