Abiral Awaj

२०८३ बैशाख ५ गते

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८३ बैशाख ५ गते

इलामको माइजोगमाईमा ५ रेक्टरस्केलको भूकम्प

  • इलाम जिल्लाको माइजोगमाई गाउँपालिका–स्थित नयाँबजार आसपास केन्द्रबिन्दु बनाएर आज साँझ ५ रेक्टरस्केलको भूकम्प गएको छ।
    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका अनुसार साँझको समयमा गएको यस भूकम्पको धक्का इलामसहित आसपासका जिल्लामा पनि महसुस गरिएको थियो।
    यसअघि गत पुस १९ गते उदयपुर जिल्लाको बागापती आसपास केन्द्रबिन्दु बनाएर ४.३ रेक्टरस्केलको भूकम्प गएको थियो।
    नेपाल भौगोलिक रूपमा हिमालय क्षेत्रभित्र पर्ने भएकाले यहाँ समय–समयमा साना तथा मध्यम खालका भूकम्पहरू जाने गरेका छन्।
    हालसम्म यस भूकम्पबाट कुनै ठूला क्षतिको विवरण प्राप्त भएको छैन। सम्बन्धित निकायले भूकम्पपछिको अवस्था अनुगमन गरिरहेको जनाइएको छ।
By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.