Abiral Awaj

२०८३ जेष्ठ ११ गते

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८३ जेष्ठ ११ गते

एसीसी राइजिङ स्टार्स महिला एसिया कपमा नेपालकी कप्तान पूजा महतो

यही फेब्रुअरीको दोस्रो सातादेखि थाइल्यान्डमा सुरु हुने एसीसी राइजिङ स्टार्स महिला एसिया कप मा नेपाली महिला क्रिकेट टोलीको कप्तानी पूजा महतो ले गर्ने भएकी छन्।
नियमित कप्तान इन्दु बर्मा चोटका कारण कम्तीमा ८ सातासम्म मैदानबाहिर रहने भएपछि यसअघिकी उपकप्तान पूजा महतोलाई कप्तानको जिम्मेवारी दिइएको हो। यस प्रतियोगितामार्फत पूजा महतोले पहिलोपटक सिनियर राष्ट्रिय टोलीको कप्तानी गर्ने अवसर पाएकी हुन्।
नेपाल क्रिकेट संघले प्रतियोगिताका लागि पूजा महतोको कप्तानीमा १५ सदस्यीय नेपाली टोली पनि घोषणा गरेको छ। यसअघि पूजा महतोले यू–१९ महिला टी–२० विश्वकपमा नेपाली यू–१९ टोलीको सफल कप्तानी गरिसकेकी छन्।
घोषित टोलीमा अनु कडायत, सीमाना केसी र रुबी पोद्दार ले स्थान बनाएका छन्। यस्तै, विश्वकप छनोटमा सहभागी टोलीका रचना चौधरी, राजमती ऐरी र इन्दु बर्मा यसपटक टोलीबाट बाहिरिएका छन्।
राइजिङ स्टार्स महिला एसिया कपमा नेपाल समूह ‘ए’ मा परेको छ, जहाँ नेपालले भारत ‘ए’, पाकिस्तान ‘ए’ र यूएई सँग प्रतिस्पर्धा गर्नेछ। समूह ‘बी’ मा भने बंगलादेश ‘ए’, श्रीलंका ‘ए’, मलेसिया र थाइल्यान्ड रहेका छन्।
फेब्रुअरी १३ देखि सुरु हुने प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल पाकिस्तान ‘ए’ विरुद्ध खेल्नेछ। सोही दिन भारत ‘ए’ र यूएई बीच पनि प्रतिस्पर्धा हुने तालिका रहेको छ।

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.