सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज रोमाञ्चक ‘डर्बी डे’ मनाइँदै छ, जहाँ दुई क्षेत्रीय प्रतिस्पर्धाहरू आमनेसामने हुँदैछन्।
पहिलो खेलमा पूर्वका दुई टिम— विराटनगर किङ्स र जनकपुर बोल्ट्स—पौने १२ बजे भिड्नेछन्। लिगमा अहिलेसम्म अपराजित रहेका विराटनगरले तीन खेलमा तेस्रो जितको लक्ष्य राखेको छ। जनकपुर भने पहिलो खेलमा पराजित भएपछि आज दोस्रो खेलमै जित फिर्ता गर्ने रणनीतिसहित मैदान उत्रनेछ। गत संस्करणको उद्घाटन खेलमा जनकपुरले विराटनगरलाई ८ विकेटले पराजित गरेको इतिहास आजका लागि थप रोमाञ्चक बन्नेछ।
दोस्रो खेलमा पश्चिमका दुई टिम— कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स—अपरान्ह ४ बजेदेखि भिड्नेछन्। कर्णालीले २ खेलबाट १ जित र १ हार दर्ता गरेको छ भने सुदूरपश्चिम दुवै खेल जितेर अपराजित छ। गत संस्करणमा भएको एकमात्र भिडन्तमा सुदूरपश्चिमले कर्णालीमाथि ६ विकेटले जीत निकालेको थियो।
दुवै डर्बीले लिगको समीकरण थप रोचक बनाउने निश्चित देखिएको छ।
