Abiral Awaj

२०८२ कार्तिक २८ गते

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८२ कार्तिक २८ गते

गुल्शन झाको स्थानमा कुशल मल्ललाई अवसर

आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत यूएईमा जारी एकदिवसीय (ओडिआई) शृंखलाको अन्तिम खेलमा नेपालले यूएईविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।

दुबईस्थित आईसीसी एकेडेमी मैदानमा केहीबेरमा सुरु हुन लागिरहेको खेलमा यूएईका कप्तान अलिशान सराफुले टस जित्दै पहिले बलिङ गर्ने निर्णय गरेका छन्।

नेपालले आजको खेलका लागि टोलीमा एक मात्र परिवर्तन गरेको छ — गुल्शन झाको स्थानमा कुशल मल्ललाई अवसर दिइएको छ।

लगातार तीन खेलमा पराजय व्यहोरेको नेपाल आज भने जित निकाल्दै शृंखला जितविहीन अन्त्य नगर्ने लक्ष्यमा छ। पहिलो खेलमा नेपाल अमेरिकासँग १०६ रनको लज्जास्पद हार बेहोरेको थियो। त्यसपछि दोस्रो खेलमा यूएईसँग ५ विकेटले पराजित भयो भने तेस्रो खेलमा फेरि अमेरिकासँग ४ विकेटले हार मान्नु परेको थियो।

लिग २ को अंकतालिकामा अहिले अमेरिका २४ खेलमा ३६ अंकका साथ शीर्ष स्थानमा रहेको छ। नेपालले १९ खेलमा १२ अंक जोड्दै सातौं स्थान ओगटेको छ भने यूएई ८ अंकका साथ तालिकाको पुछारमा रहेको छ।

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.