Abiral Awaj

२०८२ कार्तिक २८ गते

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८२ कार्तिक २८ गते

अमेरिकालाई जितकाे लागि नेपालले दियाे २७२ रनको लक्ष्य

दुबईस्थित आईसीसी एकेडेमीमा भइरहेको आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत ओडिआई शृंखलाको तेस्रो खेलमा नेपालले अमेरिकाविरुद्ध उत्कृष्ट ब्याटिङ गर्दै प्रतिस्पर्धात्मक योगफल खडा गरेको छ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ४९ ओभर ५ बलमा सबै विकेट गुमाउँदै २७१ रनमा समेटियो। अमेरिकालाई नेपालले २७२ रनको लक्ष्य दिएको छ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गर्दै ७५ रनको अर्धशतक प्रहार गरे। त्यस्तै, अन्त्यतिर करण केसीले आक्रामक फिनिसिङ गर्दै ३१ बलमा ४९ रन जोडे। कुशल भुर्तेलले ४७, भीम सार्कीले ४३ र कप्तान रोहित पौडेलले ३६ रनको योगदान दिए।

बलिङतर्फ अमेरिकाका हर्मीत सिंह सबैभन्दा प्रभावशाली रहे। उनले १० ओभरमा ३३ रन खर्चिँदै ३ विकेट लिए। सौरभ नेत्रभल्कर र नोशथुस केन्जिगेले २–२ विकेट लिए भने जसदिप सिंह र शुभम रन्जानेले १–१ विकेट झारे।

जारी शृंखलामा नेपालले यसअघि खेलेका दुवै खेलमा पराजय बेहोरेको छ। पहिलो खेलमा अमेरिका सामु १०६ रनको ठूलो हार भोगेको नेपाल दोस्रो खेलमा यूएईसँग ५ विकेटले पराजित भएको थियो।

अब शृंखला जीवित राख्न नेपालले बाँकी दुवै खेल जित्नुपर्ने दबाबमा छ।

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.