Abiral Awaj

२०८२ कार्तिक २८ गते

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८२ कार्तिक २८ गते

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले नेकपा (माओवादी केन्द्र) सँग एकता गर्ने

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले नेकपा (माओवादी केन्द्र) सँग एकता गर्ने निर्णय गरेको छ । बुधबार सम्पन्न केन्द्रीय समिति बैठकले बहुमतको समर्थनका साथ माओवादीसँग पार्टी एकता गर्ने निष्कर्ष निकालेको हो ।

बैठकमा अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको एकता प्रस्तावलाई अधिकांश केन्द्रीय सदस्यहरूले ताली बजाएर अनुमोदन गरेका थिए । अध्यक्ष नेपालले बैठकमा बोलेर माओवादी केन्द्रसँगै महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) सँग पनि एकता गर्ने तयारी रहेको जानकारी दिएका छन् ।

बैठकमा निर्णयअनुसार, पार्टीको सचिवालयले अब एकताको थप गृहकार्य अघि बढाउनेछ । उपाध्यक्ष प्रकाश ज्वालाका अनुसार, एकता प्रक्रियाको विधि र संगठनात्मक संरचनाबारे विस्तृत योजना तयार पार्ने जिम्मेवारी सचिवालयलाई दिइएको छ ।

तर, पार्टीभित्र एकता प्रस्तावका बारेमा पूर्ण सहमति भने छैन । अध्यक्ष नेपालको पक्षबाहेकको एउटा समूहले माओवादीसँग एकता गर्न नहुने अडान लिएको छ । उनीहरूले यस्तो एकताले पार्टीको पहिचान र स्वतन्त्रता गुम्ने भन्दै नयाँ पार्टी पुनर्गठनको चेतावनी दिएका छन् ।

एकताको विरोध गर्ने नेताहरूमा झलनाथ खनाल, घनश्याम भूसाल, विजय पौडेल, र रामकुमारी झाँक्री लगायतका शीर्ष नेताहरू रहेका छन् । उनीहरूले माओवादीसँग एकता गर्नुको सट्टा समाजवादी पार्टीलाई आफ्नै वैचारिक बाटोमा अघि बढाउनुपर्ने तर्क गरेका छन् ।

यससँगै, अब माओवादी केन्द्र, एकीकृत समाजवादी र नेसपाबीच त्रिपक्षीय एकता प्रक्रिया औपचारिक रूपमा अघि बढ्ने संकेत देखिएको छ, जसले आगामी राष्ट्रिय राजनीतिक समीकरणमा ठूलो प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.