Abiral Awaj

२०८३ भाद्र १५ गते

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८३ भाद्र १५ गते

भारतमा खेल्नकालागि नेपाली महिला फुटबल टोलीको बिदाइ

भारतको शिलङमा हुने मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली महिला फुटबल टोलीको बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार एक विशेष कार्यक्रमको आयोजना गरी टोलीलाई बिदाइ गरेको हो ।
कार्यक्रममा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङलगायत पदाधिकारीले टोलीलाई शुभकामना दिँदै उत्कृष्ट प्रदर्शनको अपेक्षा व्यक्त गरे ।

नेपाली टोलीले आगामी कात्तिक ७ गते इरान र १० गते भारतसँग मैत्रीपूर्ण खेल खेल्नेछ । दुवै खेल भारतको शिलङमा आयोजना हुनेछन् । त्यसपछि १३ कात्तिकमा नेपालले भारतसँग एक अनअफिसियल मैत्रीपूर्ण खेल पनि खेल्नेछ ।

फिफा वरियतामा भारत ६३औं, इरान ७०औं र नेपाल ८९औं स्थानमा रहेका छन् ।
एन्फाले खेलका लागि नेपालको अन्तिम टोली घोषणा गरिसकेको छ । यसपटक टोलीमा २ जना नयाँ खेलाडीले पहिलोपटक स्थान पाएका छन् भने ३ जना खेलाडीले पुनरागमन गरेका छन् ।

🔹 खेल तालिका:

इरान बनाम भारत : कात्तिक ४ गते (साँझ सवा ६ बजे)

इरान बनाम नेपाल : कात्तिक ७ गते (साँझ सवा ६ बजे)

भारत बनाम नेपाल : कात्तिक १० गते (साँझ सवा ६ बजे)

 

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.