Abiral Awaj

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८२ माघ १ गते

भारतमा खेल्नकालागि नेपाली महिला फुटबल टोलीको बिदाइ

भारतको शिलङमा हुने मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली महिला फुटबल टोलीको बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार एक विशेष कार्यक्रमको आयोजना गरी टोलीलाई बिदाइ गरेको हो ।
कार्यक्रममा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङलगायत पदाधिकारीले टोलीलाई शुभकामना दिँदै उत्कृष्ट प्रदर्शनको अपेक्षा व्यक्त गरे ।

नेपाली टोलीले आगामी कात्तिक ७ गते इरान र १० गते भारतसँग मैत्रीपूर्ण खेल खेल्नेछ । दुवै खेल भारतको शिलङमा आयोजना हुनेछन् । त्यसपछि १३ कात्तिकमा नेपालले भारतसँग एक अनअफिसियल मैत्रीपूर्ण खेल पनि खेल्नेछ ।

फिफा वरियतामा भारत ६३औं, इरान ७०औं र नेपाल ८९औं स्थानमा रहेका छन् ।
एन्फाले खेलका लागि नेपालको अन्तिम टोली घोषणा गरिसकेको छ । यसपटक टोलीमा २ जना नयाँ खेलाडीले पहिलोपटक स्थान पाएका छन् भने ३ जना खेलाडीले पुनरागमन गरेका छन् ।

🔹 खेल तालिका:

इरान बनाम भारत : कात्तिक ४ गते (साँझ सवा ६ बजे)

इरान बनाम नेपाल : कात्तिक ७ गते (साँझ सवा ६ बजे)

भारत बनाम नेपाल : कात्तिक १० गते (साँझ सवा ६ बजे)

 

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.