अस्ट्रेलियाले भारतविरुद्धको एकदिवसीय शृंखलाको पहिलो खेलमा प्रभावशाली प्रदर्शन गर्दै सहज जित हात पारेको छ। आइतबार पर्थमा सम्पन्न पहिलो ओडिआई खेलमा अस्ट्रेलियाले भारतलाई ७ विकेटले पराजित गर्दै तीन खेलको श्रृंखलामा १–० को अग्रता बनाएको हो।
वर्षाका कारण पटक–पटक अवरोध भएपछि खेल २६ ओभरमा छोट्याइएको थियो। टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २६ ओभरमा ९ विकेट गुमाउँदै १३६ रन मात्रै बनाउन सक्यो। भारतका तर्फबाट कप्तान केएल राहुलले सर्वाधिक ३८ रन जोडे भने अक्सर पटेलले ३१ रनको योगदान दिए।
बलिङतर्फ अस्ट्रेलियाका जोश हेजलवुड, मिचेल ओवेन र म्याथ्यू कुह्नेमानले समान दुई–दुई विकेट लिए। मिचेल स्टार्क र नेथन एलिसले एक–एक विकेट हात पारे।
डीएलएस (Duckworth–Lewis–Stern) नियम अनुसार अस्ट्रेलियालाई १३१ रनको लक्ष्य दिइएको थियो। उक्त लक्ष्य अस्ट्रेलियाले २९ बल बाँकी रहँदा मात्र तीन विकेटको क्षतिमा पूरा गर्यो। कप्तान मिचेल मार्स ४६ रनमा अविजित रहे भने जोश फिलिपले ३७ रन जोडे। म्याट रेन्शह २१ रनमा नटआउट रहे।
शृंखलाको दोस्रो खेल आउँदो बिहीबार खेलिने तय भएको छ।
