Abiral Awaj

२०८२ कार्तिक २८ गते

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८२ कार्तिक २८ गते

हङकङ सिक्सेसमा नेपाल दक्षिण अफ्रिका र अफगानिस्तानकाे समुहमा

पूर्वकप्तान शरद भेषवाकरको नेतृत्वमा नेपालले हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा सहभागी हुने भएको छ। यस वर्षको संस्करण नोभेम्बर ७ देखि ९ तारिखसम्म हङकङको टिन क्वोङ रोड रिक्रिएसन ग्राउन्डमा आयोजना हुँदैछ।

प्रतियोगितामा नेपालसहित १२ राष्ट्र सहभागी हुनेछन्। नेपाली टोलीमा शरदसँगै सन्दीप जोरा, लोकेश बम, बसिर अहमद, आदिल अन्सारी, रशिद खान र रुपेश सिंह समावेश छन्।

गत वर्ष सन्दीप जोराको कप्तानीमा खेलेको नेपालले उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो। तर, निर्णायक खेलमा यूएईसँग ५ विकेटले पराजित हुँदै फाइनलको यात्रा रोकिएको थियो।

यस वर्ष नेपाल समूह ‘ए’ मा परेकेको छ, जसमा दक्षिण अफ्रिका र अफगानिस्तान पनि रहेका छन्। हङकङ सिक्सेस छोटो ढाँचाको मनोरञ्जनात्मक क्रिकेट प्रतियोगिता हो, जहाँ हरेक टोलीमा ६ खेलाडी सहभागी हुन्छन् र खेल छोटो ओभरमा पूरा गरिन्छ।

यस पटक अनुभवी शरदको कप्तानीमा रहेको टोलीबाट नेपालले गत वर्षभन्दा उत्कृष्ट नतिजाको अपेक्षा गरिएको छ।

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.