Abiral Awaj

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८२ माघ १ गते

नेपालले प्रतियोगिताको उपाधि जित्याे

नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट प्रतियोगिताको उपाधि शानदार प्रदर्शनसहित जितेको छ।
शुक्रबार सम्पन्न फाइनल खेलमा नेपालले सामोआलाई विशाल १२४ रनले पराजित गर्दै अपराजित यात्रासहित उपाधि आफ्नो बनाएको हो।

यो जितसँगै नेपाल प्रतियोगितामा अपराजित एक मात्र टोली रह्यो र कुल १० अंकसहित शीर्ष स्थानमा रह्यो। ओमानले ८ अंक जोड्दै दोस्रो स्थानमा सीमित रह्यो। यद्यपि, यस क्षेत्रबाट नेपाल, ओमान र यूएईले यसअघि नै विश्वकपमा आफ्नो स्थान सुरक्षित गरिसकेका थिए।

नेपालले समूह चरणमै जापानलाई हराउँदै सुपर सिक्समा दुई अंक सहित प्रवेश गरेको थियो। त्यसपछि सुपर सिक्समा उत्कृष्ट प्रदर्शन गर्दै उसले यूएई, ओमान र कतारलाई पराजित गर्दै उपाधि जित्ने यात्रा पूर्ण गर्‍यो।

यस जितसँगै नेपालको टोलीले आगामी टी–२० विश्वकपका लागि बलियो दावेदारको रूपमा आफूलाई पुनः प्रमाणित गरेको छ।

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.