Abiral Awaj

२०८२ कार्तिक २८ गते

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८२ कार्तिक २८ गते

“कुशल–गुलशनको कमालमा नेपालको लगातार चौथो जित, विश्वकप उपाधिनजिक”

बुधबार सम्पन्न सुपर सिक्सको तेस्रो खेलमा नेपालले ओमानलाई ३८ रनले पराजित गर्दै लगातार चौथो जित दर्ता गरेको हो। यससँगै नेपालले ४ खेलमा पूर्ण ८ अंकसहित शीर्ष स्थान कायम राखेको छ।

समूह चरणबाटै २ अंक ल्याएको नेपालले सुपर सिक्समा यूएईमाथि १ रन र कतारमाथि ५ रनको रोमाञ्चक जित दर्ता गरेको थियो। ओमानको भने अपराजित यात्रालाई रोक्दै नेपालले आफ्नो लय कायमै राखेको छ।

अब नेपालले अन्तिम खेलमा समोअसँग प्रतिस्पर्धा गर्नेछ भने ओमानले जापानको सामना गर्नेछ। दुवै टोली भने यसअघि नै आगामी विश्वकपका लागि छनोट भइसकेका छन्।

पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५१ रनको चुनौतीपूर्ण योगफल बनायो। ओपनर कुशल भुर्तेलले शानदार ६९ रनको पारी खेलेका थिए। उनले ५१ बलमा ७ चौका र १ छक्का प्रहार गरे।
आसिफ शेखले २४, गुलशनकुमारले १८ र आदिल अन्सारीले १६ रन जोडे।

ओमानका नदिम खान सर्वाधिक सफल बलर बने, उनले ४ ओभरमा २० रन खर्चेर ४ विकेट लिएका थिए। सुफयान मेहमोद र जितेनकुमार रामदानीले समान २–२ विकेट लिए।

१५२ रनको लक्ष्य पछ्याएको ओमान २० ओभरमा ९ विकेट गुमाउँदै ११३ रनमै सिमित रह्यो। ओमानका विनायक सुकलाले १ चौका र २ छक्कासहित सर्वाधिक रन बनाए भने मोहम्मद नादिमले २५ रनको योगदान दिए।

नेपालका बलरहरूमध्ये गुलशनकुमार झा उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिए। सोमपाल कामी र नन्दन यादवले समान २–२ विकेट लिए भने सन्दीप लामिछानेले १ विकेट हात पारे।

यो जितसँगै नेपाल अब उपाधि जित्ने प्रबल दाबेदार बनेको छ र आफ्नो ऐतिहासिक यात्रालाई विश्वकप सहभागितासँग सजाउन नजिक पुगेको छ।

 

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.