Abiral Awaj

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८२ माघ १ गते

एएफसी एसियन कप छनोट नेपालकाे समूह चरणमै समाप्त

एएफसी एसियन कप २०२७ छनोटको तेस्रो चरणमा नेपालको अभियान समूह चरणमै समाप्त भएको छ । लगातार चार खेलमा पराजित हुँदै नेपाल अब प्रतियोगिताबाट बाहिरिएको हो ।

यसअघि नेपाल मलेसियासँग २–० र लाओससँग २–१ ले पराजित भएको थियो । पछिल्लो खेलमा भियतनामसँग पनि हार ब्यहोरेपछि नेपालको एसियन कपमा छनोट हुने सबै सम्भावना समाप्त भएको हो । अब नेपालले बाँकी दुई होम म्याच मलेसिया र लाओसविरुद्ध खेल्नेछ, तर ती खेल केवल औपचारिकता मात्र हुनेछन् ।

चारै खेल गुमाएको नेपाल अंकविहिन रहँदै समूहको पुछारमा छ । भियतनाम ४ खेलबाट ९ अंकसहित दोस्रो स्थानमा छ भने मलेसिया आज लाओसलाई ५–१ ले हराउँदै १२ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । लाओसले भने चार खेलमा ३ अंक मात्र जोडेको छ ।

नेपालका लागि अब बाँकी खेलहरूमा प्रदर्शन सुधार्ने र नयाँ खेलाडीलाई मौका दिने अवसर रहनेछ ।

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.