Abiral Awaj

२०८३ असार ३० गते

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८३ असार ३० गते

एएफसी एसियन कप छनोट नेपालकाे समूह चरणमै समाप्त

एएफसी एसियन कप २०२७ छनोटको तेस्रो चरणमा नेपालको अभियान समूह चरणमै समाप्त भएको छ । लगातार चार खेलमा पराजित हुँदै नेपाल अब प्रतियोगिताबाट बाहिरिएको हो ।

यसअघि नेपाल मलेसियासँग २–० र लाओससँग २–१ ले पराजित भएको थियो । पछिल्लो खेलमा भियतनामसँग पनि हार ब्यहोरेपछि नेपालको एसियन कपमा छनोट हुने सबै सम्भावना समाप्त भएको हो । अब नेपालले बाँकी दुई होम म्याच मलेसिया र लाओसविरुद्ध खेल्नेछ, तर ती खेल केवल औपचारिकता मात्र हुनेछन् ।

चारै खेल गुमाएको नेपाल अंकविहिन रहँदै समूहको पुछारमा छ । भियतनाम ४ खेलबाट ९ अंकसहित दोस्रो स्थानमा छ भने मलेसिया आज लाओसलाई ५–१ ले हराउँदै १२ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । लाओसले भने चार खेलमा ३ अंक मात्र जोडेको छ ।

नेपालका लागि अब बाँकी खेलहरूमा प्रदर्शन सुधार्ने र नयाँ खेलाडीलाई मौका दिने अवसर रहनेछ ।

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.