Abiral Awaj

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८२ माघ १ गते

कप्तान रोहितको पारीमा नेपालको प्रतिस्पर्धात्मक स्कोर

कप्तान रोहित पौडेलको शानदार अर्धशतकको मद्दतमा नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोट अन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा कतारलाई १४८ रनको लक्ष्य दिएको छ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४७ रनको योगफल तयार गर्‍यो। कप्तान रोहितले ४१ बलमा ५८ रनको उत्कृष्ट पारी खेले जसमा ४ चौका र २ छक्का समावेश थिए। त्यस्तै, दीपेन्द्रसिंह ऐरीले २१ बलमा २६ रन योगदान गरे भने गुलशन झाले ८ बलमा १६ रनको तीव्र पारी खेले।

बलिङतर्फ कतारका कप्तान मिर्जा बेगले ४ ओभरमा २९ रन दिएर ३ विकेट हात पारे। त्यस्तै, डानियल लुइसले पनि ३ विकेट झारे भने मुहम्मद असिमले १ विकेट लिए।

यसअघि नेपालले सुपर सिक्सको पहिलो खेलमा यूएईलाई १ रनले हराउँदै रोमाञ्चक जित हासिल गरेको थियो। लगातार अपराजित रहँदै नेपालले यस खेलमा पनि जित दर्ता गर्दै फाइनल चरणतर्फको यात्रा बलियो बनाउन खोज्नेछ।

उता कतारले भने पहिलो खेलमा ओमानसँग पराजय भोगिसकेको छ। सुपर सिक्समा अंकविहीन अवस्थामा रहेको कतारका लागि नेपालविरुद्धको खेल जित्नैपर्ने दबाबपूर्ण मुकाबला बन्नेछ।

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.