Abiral Awaj

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८२ माघ १ गते

नेपाल र जापान आज भिड्दै, सुपर सिक्स अघि ‘महत्वपूर्ण’ खेल

ओमानमा जारी आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोट अन्तर्गत समूह ‘बी’को रोमाञ्चक खेलमा आज नेपाल र जापान आमनेसामने हुँदै छन्।

यो खेल ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मैदानमा नेपाली समयअनुसार अपराह्न ४:१५ बजे सुरु हुनेछ।

समूह चरणमा दुवै टोलीले उत्कृष्ट सुरुआत गरेका छन् — नेपालले र जापानले दुबैले कुवेतलाई हराउँदै सुपर सिक्समा स्थान सुनिश्चित गरिसकेका छन्। त्यसैले आजको भिडन्त अघोषित रूपमा ‘सुपर सिक्स पूर्व तयारी खेल’जस्तै बनेको छ।

यस खेलको विजेताले सुपर सिक्स चरणमा अतिरिक्त २ अंकसहित प्रवेश गर्नेछ, जुन आगामी चरणका लागि निकै निर्णायक मानिन्छ। कारण, समूह चरणमा जितेको टोली सुपर सिक्समा सोही नतिजा लिएर जाने भएकाले पुनः खेल्नु नपर्नेछ।

नेपाल र जापानबीच यो पहिलो प्रत्यक्ष सामना हो। जापान हाल एक उदीयमान क्रिकेट राष्ट्रका रूपमा विश्वकप खेल्ने सपना साकार पार्न चाहन्छ भने नेपाल लगातार दोस्रो र समग्रमा तेस्रो पटक विश्वकप खेल्ने लक्ष्यमा छ।

आजको खेलले दुवै टोलीका आकांक्षामा ठूलो प्रभाव पार्नेछ, जसले सुपर सिक्सको समीकरणलाई अझ रोचक बनाएको छ

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.