Abiral Awaj

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८२ माघ १ गते

आईसीसी टी–२० विश्वकप छनोटअघि नेपालको दोस्रो लगातार जित

आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटअन्तर्गत नेपालले दोस्रो वार्म–अप खेलमा पनि विजयी नतिजा हासिल गरेको छ। सोमबार साँझ सम्पन्न खेलमा नेपालले कतारलाई १६ रनले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको हो।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७० रनको चुनौतीपूर्ण योगफल बनायो। नेपालका ओपनर कुशल भुर्तेलले आक्रमक ब्याटिङ गर्दै ३३ बलमा ५६ रनको योगदान दिए। त्यस्तै दीपेन्द्रसिंह ऐरीले ३८ तथा कुशल मल्लले अविजित ३८ रन जोडे। कप्तान रोहित पौडेलले २५ रन बनाए भने आसिफ शेखले ११ रन जोडे।

१७१ रनको लक्ष्य पछ्याउने क्रममा कतार २० ओभरमा ६ विकेट गुमाएर १५४ रनमा रोकियो। कतारका लागि मुहम्मद तनभिरले ५१ रन र कप्तान मिर्जा बेगले ४० रनको योगदान दिए। नेपालका करण केसीले प्रभावशाली बलिङ गर्दै ३ विकेट झारे। नन्दन यादव, दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले १–१ विकेट लिए।

कतारका मुनिर साद र इक्रमुल्लाह खानले २–२ विकेट लिँदा आरिफ उल्लाह र मुजीब उर रहमानले १–१ विकेट प्राप्त गरे।

यसअघि नेपालले पहिलो वार्म–अप खेलमा ओमानलाई पराजित गरेको थियो। लगातार दोस्रो जितसँगै नेपालले विश्वकप छनोटका लागि आफ्नो तयारी मजबुत बनाएको छ।

 

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.