नेपाली महिला राष्ट्रिय क्रिकेट टोली पहिलो खेलमा मलेसियासँग भिड्दै, मलेसियाले दिएको १०५ रनको लक्ष्य पछ्याउँदै
नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले मलेसियासँगको पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत आज पहिलो खेल खेल्दै छ । मलेसियाको कुआलालम्पुरमा विहान ११:४५ बजेदेखि सुरु भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा १ सय ५ रनको लक्ष्य नेपाललाई दिएको छ।
नेपाल र मलेसियाबीच अहिलेसम्म ११ पटक टी–२० अन्तर्राष्ट्रिय खेल भइसकेको छ, जसमा नेपालले ७ खेल जितेको छ भने ४ खेलमा हार बेहोरेको छ। पछिल्लोपटक दुवै टोली सन् २०२४ को एसीसी महिला प्रिमियर कपमा आमनेसामने भएका थिए जहाँ नेपाल ४ विकेटले पराजित भएको थियो।
यस शृंखलाअघि तयारी स्वरूप नेपाली खेलाडीहरू सेप्टेम्बर २४ देखि ३० तारिखसम्म मलेसियन सुपर वुमन सिरिजमा विभिन्न टोलीमार्फत सहभागी भएर अनुभव बटुलेका थिए।
आगामी जनवरीमा नेपालले घरेलु मैदानमै महिला टी–२० विश्वकपको ग्लोबल छनोट खेल्ने भएकाले यस शृंखलालाई तयारीको अवसरका रूपमा लिइएको हो। पाँच खेलको यो शृंखला अक्टोबर ८ सम्म चल्नेछ।
नेपालको टोली : इन्दु बर्मा, पूजा महतो, राजमती ऐरि, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु बिस्ट, रचना चौधरी, रुबी पोद्दार, यशोदा बिस्ट, सावित्री धामी, कविता कुँवर, रुबिना क्षेत्री, सीता राना मगर।
