Abiral Awaj

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८२ माघ १ गते

नेपाल आज वेस्ट इन्डिजविरुद्ध दोस्रो टी–२०आई खेल्दै, सिरिज जित्ने ऐतिहासिक मौका

शारजाह, संयुक्त अरब इमिरेट्स – नेपालले वेस्ट इन्डिजविरुद्धको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत आज दोस्रो खेल खेल्दैछ । शारजाह क्रिकेट रंगशालामा बेलुकी सवा ८ बजे सुरु हुने यो खेलमा नेपाललाई अर्को इतिहास रच्ने अवसर मिलेको छ ।

पहिलो खेलमा ऐतिहासिक जित निकाल्दै १–० ले अग्रता लिएको नेपालले आजको खेल पनि जितेमा एक खेल अगावै सिरिज आफ्नो नाममा गर्नेछ । यदि नेपाल सफल हुन्छ भने, कुनै टेस्ट राष्ट्रविरुद्धको पहिलो द्विपक्षीय सिरिजमै जित हात पार्ने ऐतिहासिक उपलब्धि प्रष्ट हुनेछ ।

नेपालको टी–२०आई इतिहास हेर्दा यसअघि उसले हङकङ, मलेसिया, यूएई, अमेरिका, नेदरल्याण्ड्स र केन्यासँग सिरिज खेलेको छ । तीमध्ये नेपालले ४ वटा सिरिज जितेको छ ।

२०१४ मा श्रीलंकामा भएको शृंखलामा नेपाल हङकङसँग पराजित भयो ।

२०१५ मा नेदरल्याण्ड्सविरुद्ध १ खेल जिते पनि २ खेलमा हार बेहोर्नुपर्‍यो ।

२०१९ मा यूएईविरुद्ध २–१ ले सिरिज जित्यो भने मलेसियामा भएको सिरिजमा दुवै खेल जित्दै क्लिनस्वीप गर्‍यो ।

२०२२ मा केन्यामा ३–२ ले सिरिज जित्यो ।

२०२४ मा हङकङविरुद्धको एक मात्र खेलमा नेपाल पराजित भएको थियो ।आजको खेलमा पहिलो खेलकै विजयी टोलीलाई निरन्तरता दिन सक्ने चर्चा छ । तर, शनिबारको खेलमा बलर नन्दन यादवलाई केही समस्या देखिएकोले उनको स्थानमा मोहम्मद आदिल आलमले टोलीमा मौका पाउने सम्भावना पनि छ ।

नेपालले आफ्नो उत्कृष्ट प्रदर्शन निरन्तरता दिन सकेमा आजै अर्को सुनौलो पाना नेपाली क्रिकेटको इतिहासमा थपिनेछ ।

Abiral Bhandari

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.